भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि केभीडी ग्रुपद्वारा रु. २७.७७ लाख सहयोग

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि केभीडी ग्रुपद्वारा रु. २७.७७ लाख सहयोग

भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि केभीडी ग्रुपद्वारा रु. २७.७७ लाख सहयोग
admin

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति केभीडी ग्रुप गहिरो दुःख व्यक्त गर्दछ। बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले केभीडी ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २७,७७,७७७/- सहयोग रकम प्रदान गरेको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले केभीडी ग्रुपका तर्फबाट अध्यक्ष श्रीमती सुना सुवेदीज्यूको पहलमा उक्त सहयोग रकम प्रदान गरिएको हो।

राष्ट्रिय विपत्तिको समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व तथा मानवीय भावनालाई आत्मसात गर्दै प्रदान गरिएको यस सहयोगले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास केभीडी ग्रुपले लिएको छ।

केभीडी ग्रुपले बाढीबाट प्रभावित नागरिकहरूको हितमा उक्त रकम प्रभावकारी रूपमा सदुपयोग हुने विश्वास व्यक्त गर्दै नेपाल सरकार तथा सम्बन्धित सम्पूर्ण निकायहरूले सञ्चालन गरिरहेका राहत तथा उद्धार कार्यप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछ।

केभीडी ग्रुप
सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध

SHARE THIS: